३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार महासंघको दोस्रो महाधिवेशन वैशाख १९ देखि, गभर्नर विश्वनाथ पौडेलले उद्घाटन गर्ने

बागलुङ । नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबारदेखि नवलपुरको गैडाकोटमा शुरू हुँदैछ ।

महाधिवेशनको नेपाल राष्ट्र बैंकका गभर्नरका प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन बैशाखको १९ र २० गते नवलपुर, गैडाकोटको नारायण रिसोर्टमा हुँदैछ ।

साधारण सभा तथा  महाधिवेशनको सबै तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो । राष्ट्रिय महाधिवेशनलाई भव्य बनाउन तीब्र ढंगले अघि बढेको नेपाल उद्योग व्यापार महासंघका महासचिव खिम नारायण पराजुलीले बताउनुभयो ।

महाधिवेशनस्थललाई ध्वजा पतका र व्यानरले सिघाँरिएको छ ।महाधिवेशन सम्पन्न गर्न नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेर  तयारी तिब्र बनाइएको थियो ।

महाधिवेनमा आउनु हुने उद्योगी व्यवसायीलाई नवलपुर र चितवनको धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य पनि रहेको महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलन नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारीको अध्यक्षता र महासचिव महासचिव खिम नारायण पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung