३ श्रावण २०८३, आईतवार

 

महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्ण शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी विजयी बनेका हुन् ।

निर्वाचनमा उनीहरुको निकटतम प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरे पराजित भएका छन् । डालमियाले ५० मत प्राप्त गरे भने गैरेले ३० मत प्राप्त गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung