३ श्रावण २०८३, आईतवार

 

ग्रेस इन्टरनेसनल बागलुङले बेनीमा शाखा विस्तार गर्दै

बागलुङ । ग्रेस इन्टरनेसनल बागलुङले म्याग्दीको बेनीमा नयाँ शाखा विस्तार गर्दै छ । विदेश अध्ययन परामर्श क्षेत्रमा सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेसनलले बागलुङ नगरपालिका(२ हरि शंकर रोडबाट सेवा दिएकोमा आफ्नो सेवा पहुँच विस्तार गर्ने उद्देश्यले बेनीमा शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

नयाँ शाखा विस्तारसँगै अब म्याग्दी तथा आसपासका विद्यार्थीहरूले विदेश अध्ययन, भिसा प्रक्रिया, काउन्सेलिङ लगायतका सेवाहरू आफ्नै क्षेत्रमा सहज रूपमा पाउने ग्रेस इन्टरनेसनल बागलुङका प्रमुख ओमकार पौडेलले बताउनुभयो ।

यसअघि बागलुङबाट सेवा दिँदै आएको संस्थाले विद्यार्थीहरूको बढ्दो माग र सहज पहुँचलाई मध्यनजर गर्दै बेनीमा शाखा विस्तार गर्न लागेको हो।

नेपाली विद्यार्थीलाई विदेश अध्ययनमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेसनलले अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन र प्रकृयाको बारेमा प्रत्यक्ष सेवा दिदै आएको छ ।

यस संस्थाले वैदेशिक अध्ययनका लागि जान चाहाने विद्यार्थी र अभिभावकहरुलाई एकै ठाउँमा सबै प्रकारको सेवा दिनुका साथै विद्यार्थी र अभिभावकको पैसा र समय पनि बचत भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung