३ श्रावण २०८३, आईतवार

 

विद्यामन्दिर माध्यमिक विद्यालयको एसईईको नतिजा उत्कृष्ट

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विस १९९७ सालमा राणा कालमा स्थापना भएको यस विघालयमा अभिभावक र विद्याथीलाई विश्वासमा लिएर शिक्षा मैत्री वातावरण दिएकोले नतिजा अब्बल आएको प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनुभयो । यस पटकको एसईई नतिजामा ल्याउने ११ जना विद्यार्थीले ३.६–४.० जिपिए, १९ जना विद्यार्थीले ३.२–३.६, २७ जना विद्यार्थीले २.८–३.२, १० जना विद्यार्थीले र २.४-२.८ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

शिक्षा ,सीप र चरित्रमा विशेष ध्यान दिएको यस विद्यालयले विषयगत विविध ज्ञान र अतिरिक्त क्रियाकलापमा पनि सकरात्मक वातावरण सृजना गरेको छ ।

हामी प्रचारमा भन्दा परिणाममा विश्वास गर्छौ हाम्रो बाल विकासदेखि कक्षा १२ सम्मै राम्रो शैक्षिक नतिजा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।

अभिभावकसँग नियमित भेटघाट, अन्तरक्रिया गरेको, विद्यार्थीलाई गृहकार्य गराएको, अध्ययन गर्ने बानी बसालेको, अनुशासनमा बस्न लगाइ मिहेनत गर्न लगाएकोले विद्यार्थीले उत्कृष्ट परिणाम ल्याएको विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung