३ श्रावण २०८३, आईतवार

 

युएस एकेडेमीका विद्यार्थीले ल्याए एसईईमा उत्कृष्ट नतिजा

बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को सोमबार प्रकाशित नतिजामा युएस एकेडेमीका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परीक्षामा २१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यस पटकको एसईई नतिजामा ९ जनाले विद्यार्थीले ३.६१-४.० जिपिए, १२ जना विद्यार्थीले ३.२०-३.६० जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

यस विघालयले निरन्तर शैक्षिक सुधार गर्नुको साथै विद्यार्थी मैत्री वातावरण भएकाले एसईई परीक्षामा अब्बल नतिजा ल्याएको युएस एकेडेमीका प्रिन्सिपल अशोक केसीले जानकारी दिनु भयो ।

युएस एकेडेमीमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन र अभ्यास हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्न थालेको युएस एकेडेमीका निर्देशक दलबहादुर थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung