३ श्रावण २०८३, आईतवार

 

सिद्धार्थ शिक्षा सदनले ल्यायो चार जनाको फोजिपिएसहित एसईईमा उत्कृष्ट नतिजा

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)  २०८२ को सोमबार प्रकाशित नतिजामा सिद्धार्थ शिक्षा सदनका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

परीक्षामा १७ जना विद्यार्थीको सहभागिता रहेकोमा चार जना विद्यार्थीले फो जिपिए ल्याएका छन् ।

यस पटकको एसईई नतिजामा ४ जनाले विद्यार्थीले ४ जिपिए, ११ जना विद्यार्थीले ३.६-३.९५ जिपिए र दुई जना विद्यार्थीले ३.२०-३.६० जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

यस विघालयले निरन्तर शैक्षिक सुधार गर्नुको साथै विद्यार्थी मैत्री वातावरण भएकाले एसईई परीक्षामा अब्बल नतिजा ल्याएको सिद्धार्थ शिक्षा सदनका प्रिन्सिपल गणेश कार्कीले जानकारी दिनु भयो ।

सिद्धार्थ शिक्षा सदनमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन र अभ्यास हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्न थालेको सिद्धार्थ शिक्षा सदनका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung