३ श्रावण २०८३, आईतवार

 

इसईईमा न्यू एभरेष्ट एकेडेमीको शतप्रतिशत नतिजा

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा न्यू एभरेष्ट एकेडेमीका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विसं २०६२ सालमा स्थापना भएको यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले एसईईको नतिजा अब्बल आएको न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले नयाँविश्वलाई जानकारी दिनु भयो ।

परीक्षामा १६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षा दिएका मध्ये १० जना विद्यार्थीले ३.२८-३.५७ जिपिए र ६ जना विद्यार्थीले ३.६१- ३.८२ जिपिए ल्याएका छन् ।

यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung