बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा गरिमा आवासीय माध्यमिक विद्यालय (डिग्निटी) का विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विद्यालयका विद्यार्थी रितु आचार्यले चार जिपिए ल्याउन सफल भएकी छिन् । परीक्षामा २६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विस २०३७ सालमा स्थापना भएको यस विघालयमा अभिभावक र विद्याथीलाई विश्वासमा लिएर विद्यार्थी मैत्री वातावरण दिएकोले अतिजा अब्बल आएको प्रिन्सिपल तेजेन्द्र कुँवरले जानकारी दिनु भयो ।
यस पटकको एसईई नतिजामा ल्याउने १० जना विद्यार्थीले ए प्लस, १५ जना विद्यार्थीले ए र एक जना विद्यार्थीले वि प्लस ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयले विभिन्न सेवा र सुविधा सहित कक्षा ११ को व्यवस्थापन र शिक्षा संकायमा भर्ना खोलेको छ ।
यस विद्यालयमा सृजनात्मक र प्रयोगात्मक ढंगले पढाई हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जिवन आचार्यले बताउनुभयो ।














































































































































































































