बागलुङ । फलेवास नगरपालिकाको वडा नं ६, ८ र १० मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा स्थानीय महिलाहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो्।
स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा अन्य प्रजनन रुग्णताको एकिकृत स्क्रिनिङ तथा व्यवस्थापना संम्बन्धी शिविर आयोजना गरिएको थियो ।
स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, औषधि वितरण स्वास्थ्य सचेतना सेवाहरू उपलब्ध गराइएको थियो ।
कार्यक्रम फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारी, उपमेयर शोभा क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फलेवास नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी रुद्र शर्माले संचालन गर्नु भएको थियो ।
यस शिविरबाट स्थानीय महिलाहरुको स्वास्थ्य पहुँच बढाउने र रोगको रोकथाममा योगदान पुर्याउने लक्ष्य राखिएको फलेवास नगरपालिकाका उपमेयर शोभा क्षेत्रीले बताउनुभयो ।














































































































































































































