३ श्रावण २०८३, आईतवार

 

बाँके जिल्ला अदालत बारमा पहिलो महिला अध्यक्ष पुनम श्रेष्ठ

बागलुङ । बाँके जिल्ला अदालत बार एशोसिएसनले इतिहासमै पहिलोपटक महिला अध्यक्ष पाएको छ ।

सोमबार अधिवक्ता पुनम श्रेष्ठको अध्यक्षतामा बाँके जिल्ला अदालत बार एशोसिएसनको सर्वसम्मत कार्यसमिति चयन भएको छ । छनौट समितिको संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका अनुसार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।

जिल्ला बारमा उपाध्यक्षमा अधिवक्ता जय प्रसाद पौडेल, सचिवमा अधिवक्ता शक्ति सिंह हमाल, कोषाध्यक्षमा अधिवक्ता चाहना शाह रहेका छन् ।

साथै सदस्यहरुमा अधिवक्ता रामनाथ साहु तेली, अधिवक्ता जमालुद्दिन अन्सारी, अधिवक्ता दामोदर भट्ट, अधिवक्ता सरस्वती शर्मा, अधिवक्ता मान बहादुर रावत, अधिवक्ता टिकाराम जैसी, अधिवक्ता उत्सव रेग्मी निर्वाचित भएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung