बागलुङ । नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्य पदमा हर्क थापा सर्वसम्मत रूपमा चयन भएका छन्।
महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनले थापालाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।
शनिबार काठमाडौंमा सम्पन्न महासंघको पदस्थापन र बैठकमा थापाले पदभार ग्रहण गर्नु भएको महासंघका महासचिव सूर्य थापाले बताउनुभयो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदर घिमिरेले थापालाई समितिको केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
थापा नेपाल उद्योग व्यापार महासंघका निर्वतमान केन्द्रीय सदस्य हुन् ।













































































































































































































