३ श्रावण २०८३, आईतवार

 

महिलाको समृद्धी सम्बन्धी राउण्ड टेबल कार्यक्रम सम्पन्न

बागलुङ । सिटीवान टेलिभिजनले आयोजना गरेको महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धीको अभियान विषयक राण्ड टेबल कार्यक्रम सम्पन्न भएको छ । आठौं राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कास्कीका सबै स्थानीय तहका उपाध्यक्षहरु, र गण्डकी प्रदेश अन्र्तगतको महिला मन्त्रालय सम्हालेका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी सबै जनप्रतिनिधी र मन्त्री तथा साम्सद महिलाहरुले एक महिला एक शिप अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । पर्यटन तथा उद्योग मन्त्रालय गण्डकीका मन्त्री यशोदा रिमालले पेशा व्यवसायमा संलग्न नभएका घरेलु महिलाहरुको समृद्धीका र आर्थिक उत्थानका लागि यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा विशेष सम्बोधन हुने जानकारी दिईन् ।

कायक्रममा मन्त्री रिमालले प्रदेश भित्रका हरेक महिलालाइृ लक्षित गरि एक महिला एक शिप अभियान संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो कार्यक्रमको सहजकर्ता संचारकर्मी अनिशा श्रेष्ठले संघ र प्रदेश सरकारले के गर्ने हो भने महिला समानता सँगसँगै समृद्धी हासिल गर्न सकिएला, र तपाँईलाई साच्चिकै महिला समृद्धीको अभियानमा के गर्ने मन छ र गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा मन्त्री रिमालले प्रदेश भित्रको घरेलु र कुटिर उद्योगलाई बढावा दिदै महिलालाई पर्यटन र घरेलु उद्योगमा जोड्ने अभियान यो वर्ष विशेष अभियानका रुपमा संचालन गर्ने जानकारी गराउनु भएको हो ।

महिलाहरुलाई प्राविधिक शिक्षा र रोजगारीमा जोड्ने भन्नेबारेमा विशेष योजना ल्याएर संघवाटै अभियान संचालन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले महानगरपालिकाको कार्यपालिकामा रहने अधिकतम सदस्यहरुको सोच विकास भनेको बाटो, नहर नालामा मात्रै केन्द्रित छन् ।

 महिला र सामाजिक विकासमा गरिएको लगानी अनुत्पादक हुने भन्दै अति न्यून र सकभर वजेट नै विनियोजन नगर्ने सोचम अधिकतम कार्यपालिका सदस्यहरु रहेको गुनासो गर्नुभयो । दोस्रो कार्यकाल पनि महानगरको उपप्रमुख भएको अनुभवका आधारमा यो वर्ष महिला र सामजिक विकासका लागि फरक तरिकाले काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

महिला वादी भएको लागेपनि ५१ प्रतिशतको हितका लागि सबै महिला एक हुन, महिला शसक्तिकरणका लागि सबैलाई हातेमालो गर्न अनुरोध गर्नुभयो । ५१ प्रतिशत महिलालाई पछाडी छोडेर समृद्धी हासिल नहुने भन्दै सरोकारवालालाई यसवारेमा सोच्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा पोखरा हस्तकला संघकी अध्यक्ष तथा महिला उद्यमी सिता गुरुङले हरेक वर्ष महिला उद्यमीको संख्या घट्दै गएकोमा दुख व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघहरु, स्थानीय तह र प्रदेश सरकरले समेत महिला उद्यमीको हौषलाका लागि कार्यक्रमहरु संचालन गर्नु पर्ने धारणा राख्नुभयो ।

सरकारी तवरबाट संचालन गरिएका शिपमुलक तालिमहरु देखाउनका लागि मात्रै गरिएको समेत आरोप लगाउनुभयो । उहाँले तालिमको प्रभावकारिता र अनुगमनको अभावमा तालिम पश्चात् रोजगारीमा जोड्न नसकिने पनि उहाँको बुझाई थियो ।

कार्यक्रममा मादी गाउँपालिका कास्कीको उपाध्यक्ष कल्पना गुरुङले समान कामको समान ज्याला हुनु पर्ने कुरालाई नीतिगत रुपमै कडा रुपमा उल्लेख गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले पालिका ठुलो, दोहोरो वोझ र महिलाको शैक्षिक स्तरको पनि समस्याका कारण व्यवसायीक उद्यमी महिला उत्पादन गर्न कठिनाई परेको धारणा राख्नुभयो ।

यस्तै रुपा गाउँपालिका कास्कीको उपाध्यक्ष लालसुव्वा गुरुङले महिलाहरुका लागि राम्रै लगानी गरेको भन्दै महिलालाई उद्यमी वनाउन दिर्धकालिन सोच र अभियान संचालन गर्नुपर्ने धारणा राख्नुभयो । रुपा गाउँपालिकाको यो वर्षको वजेट यहि अभियानमा केन्द्रित हुने पनि उहाँको प्रतिवद्धता थियो ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिका कास्कीकी उपाध्यक्ष चन्द्रकला अधिकारीले महिलाले गरेका सवै काम र निर्णयमा पुरुषको हस्तक्षेप हुँदा समस्या आएको धारणा राख्नुभयो । उहाँले पालिका भित्र र घर भित्र समेत महिलालाई कमजोर सोच्ने प्रवृद्धीको अन्त्य हुनेगरी सवै तहले नीति तथा योजना तयार गर्नु पर्ने उपाध्यक्ष अधिकारीले धारणा व्यक्त गर्नुभयो ।

महिलामा लगानी गर्दा महिलाको आवस्यकता र निर्णय भन्दा पनि पुरुषकै ईच्छा सर्वोपरि हुने गरेको आरोप समेत लगाउनुभयो । यस्तै कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष ईन्दिरा पौडेलले कास्कीमा महिला उद्यमीको अवस्था मध्यम स्तरको मात्रै रहेको धारणा राख्नुभयो ।

उहाँले महिलाहरुमा घरेलु र शारिरिक हिंसाको सिकारमा पीडित भईरहेको भन्दै शिक्षा, चेतनाको स्तर, कानुनी कठोरता र समानताको कुरामा टोल स्तरवाटै अभियान संचालन गर्नुपर्ने धारणा राख्नुभयो । संघ, प्रदेश र स्थानीय तहले समान रुपमा महिलामा लगानी नगरेसम्म महिलावाट हुने समृद्धीको अपेक्षा गर्न नसकिने पनि अध्यक्ष पौडेलको भनाई थियो ।

आठौं राष्ट्रिय महिला दिवसको यो वर्षको नारा महिला अधिकारको सम्मान, आत्मानिर्भरता र समुद्धिको अभियान रहेको छ । गण्डकी प्रदेशमा जम्मा २१ हजार ५ सय ५५ महिलाहरु उद्यमी छन् । जस्मा ७८ हजार ३ सय ३७ जना महिलाहरुले रोजगारी पाएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung