१७ भाद्र २०८३, बुधबार

 

बागलुङ उद्योग वाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार गौतमलाई

बागलुङ । सुगंगा स्मृति कोष, बागलुङले ‘सुगंगा पुरस्कार–२०८३’ वरिष्ठ पत्रकार तथा ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई प्रदान गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा सुगंगा स्मृति कोषका अध्यक्ष काजि रोशन, धवलागिरि बहुमुखी क्याम्पसका प्रा। डा। सुदर्शन सिलवाल र कोषका सचिव विश्वनाथ रेग्मीले गौतमलाई नगद २५ हजार रुपैयाँ, कदरपत्र तथा दोसल्लासहित सम्मान गरेका हुन्। पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि सक्रिय योगदान पुर्‍याउँदै आएका गौतमलाई यस वर्षको ‘सुगंगा पुरस्कार’का लागि छनोट गरिएको हो।

सम्मान ग्रहणपछि बोल्दै गौतमले यो सम्मान आफू एक्लाको नभई समग्र बागलुङका सञ्चारकर्मीहरूको सम्मान भएको बताए। उनले यसले आफूलाई अझ निडर, जिम्मेवार र प्रतिबद्ध भएर पत्रकारितामा अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरे।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, मूलपानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक मेघराज पाण्डेय, राधाकृष्ण मन्दिर सेवा समाजका सचिव हरिप्रसाद उपाध्याय तथा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सुगंगा स्मृति कोषका अध्यक्ष काजि रोशनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विश्वनाथ रेग्मीले गरेका थिए।

विसं २०५१ सालदेखि पत्रकारिता सुरु गरेका गौतमले श्री धौलागिरी साप्ताहिक, धौलागिरी स्टार साप्ताहिक, न्यू धौलागिरी दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र दैनिक, नेपाल, हिमाल तथा समय साप्ताहिक लगायतका सञ्चारमाध्यममा कार्य गरिसकेका छन्।

हाल उनी ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा धौलागिरी एफएमका अध्यक्षका रूपमा कार्यरत छन्।

सुगंगा स्मृति कोष बागलुङका पत्रकार विदुर खड्काले आफ्नी आमा सुमित्रा खड्का र श्रीमती गंगाको स्मृतिमा स्थापना गरेका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung