२१ असार २०८३, आईतवार

 

लायन्स क्लबद्वारा मुटु रोगी जिसीलाई ३४ हजार सहयोग

बागलुङ । जलजला गाउँपालिका–फर्से निवासी मुटु रोगबाट पीडित पूर्णबहादुर जिसीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

आइतबार आयोजित कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष सिता राजभण्डारीले क्लबको तर्फबाट १४ हजार १० रुपैयाँ हस्तान्तरण गर्नुभयो।

त्यसैगरी, लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केको तर्फबाट डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ अनुप रिजालले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो।

उपचारका क्रममा आर्थिक अभाव झेलिरहेका जिसीलाई सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै पूर्णबहादुर जिसीले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष सिता राजभण्डारी, डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ अनुप रिजाल, सहयोगग्राही पूर्णबहादुर जिसीले मन्तव्य व्यक्त गरेका जिए।

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी संस्थापक अध्यक्ष जुनु श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung