१० भाद्र २०८३, बुधबार

 

पठन संस्कृतिको विकासमा जोड दिँदै विद्यामन्दिर पुस्तकालयले १९औँ पुस्तकालय दिवस मनाउने

बागलुङ । ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नारासहित विद्यामन्दिर पुस्तकालयले १९औँ राष्ट्रिय पुस्तकालय दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाउने भएको छ।

दिवस मनाउने कार्यक्रमबारे पुस्तकालयले बुधबार पत्रकार भेटघाटमार्फत जानकारी दिएको हो।

पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माका अनुसार भदौ ११ गते पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिनेछ। भदौ १४ गते प्रचारात्मक कार्यक्रमसँगै सरसफाइ अभियान सञ्चालन गरिनेछ भने भदौ १५ गते बागलुङ नगरपालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय चित्रलेखन प्रतियोगिता र मूल समारोह आयोजना गरिनेछ।

पुस्तकालय दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमले बालबालिका, विद्यार्थी, प्राज्ञिक समुदाय, नागरिक समाज, बौद्धिक वर्ग, युवा तथा ज्येष्ठ नागरिकमा पुस्तकालयप्रतिको रुचि बढाउनुका साथै पठन संस्कृतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको पुस्तकालयका उपाध्यक्ष राजन प्रसाद शर्माले ले बताउनुभयो।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गोपालप्रसाद कँडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung