१३ भाद्र २०८३, शनिबार

 

रसुवा बाढीपीडितका लागि लायन्स क्लब बागलुङ मुक्तिनाथको आर्थिक सहयोग

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको छ ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएका बेला क्लबले बाढीपीडितका लागि ४५ हजार ७० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

शनिबार लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष सीता श्रेष्ठले जोन चियरपर्सन गणेश महतोलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

क्लबका अध्यक्ष श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाअन्तर्गत बाढीपीडितलाई सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष सरिता राजभण्डारीले गर्नुभएको थियो भने द्वितीय उपाध्यक्ष सिर्जना श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जुनु श्रेष्ठ, निवर्तमान अध्यक्ष प्रकृति राजभण्डारी, प्रथम उपाध्यक्ष गीता श्रेष्ठ, तृतीय उपाध्यक्ष चाँदनी श्रेष्ठ तथा सदस्यहरू पुष्पा केसी र ज्योत्स्ना श्रेष्ठको उपस्थिति रहेको थियो ।

गत बुधबार चीनको तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीहरू प्रभावित भएका थिए । बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung