१५ भाद्र २०८३, सोमबार

 

बागलुङले एककिृत रुपमा जिन्सी राहत पठाउने

बागलुङ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा बागलुङबाट राहत सामाग्री पठाउने तयारी थालिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकबाट राहत संकलन तथा वितरण समिति गठन गरी एकिकृत रुपमा जिल्लाबाट खाद्यन्न र लत्ता कपडा सहित अत्यावश्यक राहत समाग्री पठाउन संकलन कार्य थालिएको छ ।

उद्योगी, व्यवसायी, बैंकर्स, राजनैतिक दल, होटल व्यवसायी, गैर सरकारकारी संस्था र यातायात व्यवसायी लगायले आफ्नो संस्थाबाट जिन्सी राहत संकलन गरी बागलुङ उद्योग वाणिज्यसंघ संकलन गरी जिल्ला प्रशासन कार्यालय मार्फत धादिङको बैरेनी पठाउने तयारी थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजनमा बसेको बैठकले बागलुङ उद्योग वाणिज्यसंघका अध्यक्ष राजन कुमार शाक्यको संयोजकत्वमा १० सदस्यीय राहत संकलन तथा वितरण समिति गठन गरेको छ ।

समितिको सदस्यमा यातायात व्यवसायीबाट उमेश केसी, पत्रकार महासंघबाट खेमराज गौतम, गैर सरकारी संस्थाबाट शालिकराम शर्मा, बैंकर्सबाट श्रीजय श्रेष्ठ, औषधी व्यवसायीबाट खगेश्वर पौडेल, रेडक्रसबाट राजेन्द्र आचार्य, होटल व्यवसयाीबाट ललिता थापा, प्रहरी बाट यमनारायण अर्याल र जिल्ला प्रशासन कार्यालयबाट खिम बहादुर बिक रहनुभएको छ ।

समितिले दुई दिन भित्र एक ट्रक खाद्यन्न सहित लत्ता कपडा संकलन गरी पठाउने निर्णय गरेको समितिका संयोजक राजन कुमार शाक्यले जानकारी दिनुभयो ।

शाक्यका अनुसार ४०० बोरा चामाल, १०० कार्टून तेल सहित आवश्यक दाल, सोयाविन, दालमोट, भुटेको मकैं लगायत तयारी खाद्यन्न र आवश्यक लत्ता कपडा संकलन गरी उद्योग वाणिज्यसंघमा राखिएको र जिल्ला प्रशासन कार्यालयको संयोजनमा राहत सामाग्री बैरेनी पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung