३१ भाद्र २०८३, बुधबार

 

बागलुङमा एक हजार ४ सय ३ जनामा डेङ्गु, २ सय ८२ जनामा स्क्रब टाइफस

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारमा तिब्र रुपमा डेङ्गु फैलिएको छ । बागलुङमा साउन यता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जुन तथ्याङ्कन नेपालमै उच्च रहेको पाइएको छ । बागलुङ जिल्ला सदरमुकाम धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा संक्रमण पुष्टी भएको हो ।

यस्तै बागलुङमा डेङ्गुसंगै स्क्रब टाइफस समेत फैलिएको छ । बागलुङ बजारमा अहिले घरैपिच्छे डेङ्गु संक्रमण फैलिएपछि अहिले उच्च सचेतना अपनाउदै आइएको छ । अहिले दैनिकजसो खोज र नष्ट गर अभियान चलाइएपनि संक्रमण दर बढिरहेको पाइएको छ । यस्तै गत वर्ष पाँच जनामा मात्र देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्ष साउनयता दुई सय ८२ जनामा पुष्टी भएको छ ।

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको ५० प्रतिशत गलकोट नगरपालिकामा देखिएको छ भने त्यपछि ढोरपाटन, बडिगाड लगायतका पालिकामा देखिएको हो ।

नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाकोे रुपमा बागलुङ र पालिकाको रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । उहाँले बागलुङ डेङ्गु सहित स्क्रब टाइफस सेमत उच्च जोखिममा रहेको पाइएको छ ।

१० पालिका मध्ये बागलुङ नगरपालिकामा मात्रै ९३७ जनामा डेङ्गु संक्रमण देखिएको छ । यो तथ्याङ असार, साउन र भदौं महिनाको हो । डेङ्गु संक्रमण बागलुङ सहित सबै पालिकामा फैलिएको छ ।

गलकोट नगरपालिकामा ७३, काठेखोला गाउँपालिकामा ११०, जैमिनी नगरपालिकामा ७८, ढोरपाटन नगरपालिकामा ५१, ताराखोला गाउँपालिकामा ६, बडिगाड गाउँपालिकामा १७, निसीखोला गाउँपालिकामा २३, तमानखोला गाउँपालिकामा ६ र बरेङ गाउँपालिकामा ४ जना र अन्य पालिका घर भई बागलुङमा उपचारका लागि आउनुभएका ९८ जना गरी जम्मा एक हजार ४०३ जनामा डेङ्गु देखिएको हो ।

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । शर्माका अनुसार अहिले धौलागिरि अस्पतालमा डेङ्गुका लक्षण भएका बिरामीले अस्पतालको आकश्मिक कक्ष भरिने गरेको बताउनुभयो ।

निरन्तर पानी परेकाले बढ्दै गएको डेङ्गु नियन्त्रणमा तगारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत समेत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung