१५ आश्विन २०८३, बिहीबार

 

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष कँडेललाई मातृशोक

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेललाई मातृशोक परेको छ ।

कँडेल बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी, नेपाल प्रेस युनियन बागलुङका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।

कँडेलकी आमा तथा गण्डकी प्रदेशका पूर्व पर्यटन, उद्योग तथा वाणिज्य मन्त्री एवं नेपाली कांग्रेस बागलुङका पूर्वसभापति मणिभन्द्र कँडेलकी श्रीमती इन्द्रकली कँडेलको मंगलबार निधन भएको हो । बागलुङ नगरपालिका–२, श्रीनगरटोलस्थित आफ्नै निवासमा ७१ वर्षको उमेरमा उहाँको निधन भएको परिवारले जनाएको छ ।

इन्द्रकली कँडेलका तीन छोराहरु डा. ईश्वरीप्रसाद कँडेल, अधिवक्ता शिव कँडेल र नरेश कँडेल हुन ।

विसं २०१३ साल असार २३ गते मालिकामा जन्मिनुभएकी कँडेलको बुधबार बागलुङ नगरपालिका–४ स्थित निरघाटमा अन्त्येष्टि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung