बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रका अधिकांश पदमा निर्विरोध नेतृत्व चयन भएको छ। केही पदमा भने निर्वाचन भएको छ।
प्रतिनिधिसभा क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खडकबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ। सभापतिका लागि थापा र नारायणप्रसाद श्रेष्ठको उम्मेदवारी परेकोमा श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता शालिग्राम भट्टराईले जानकारी दिनुभयो।
क्षेत्रीय कार्यसमितिको सचिवमा तेजप्रसाद शर्मा, महिला सहसचिवमा पूर्णमाया सुनार र खुला सहसचिवमा दुर्गाबहादुर बोहोरा निर्विरोध निर्वाचित हुनुभएको छ। कार्यसमितिका सदस्यहरूमा इन्द्रबहादुर पुन, बुद्धिबहादुर कार्की, अनिता शर्मा, दयाराम रिजाल, बाबुराम शर्मा, शान्ति शर्मा रिजाल, सुदीप घर्ती, सम्झना थापा, रुद्रहरि शर्मा, नीलप्रसाद शर्मा, यज्ञनाथ शर्मा, नरजंग राना कटक, नविना बुढा थापा, विष्णुमाया पन्त, कालिदास पौडेल, दिलबहादुर केसी र तिलबहादुर नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा केही पदमा निर्वाचन
क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका अधिकांश पदमा निर्विरोध प्रतिनिधि चयन भएका छन्। खुला तर्फ जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, हरिहर शर्मा, उमाकान्त पौडेल, चिरञ्जीवी गौतम, नारायण शर्मा पौडेल, प्रमानन्द कँडेल, प्रताप पौडेल, विष्णु पौडेल ‘दारी’ र हरि आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै श्रमिकतर्फ नरेन्द्र कँडेल, पेशागत विज्ञतर्फ इन्द्रराज पौडेल, युवा महिलातर्फ सृष्टि आचार्य, अपांगतातर्फ ओमकार पौडेल, अल्पसंख्यकतर्फ गोमा छन्त्याल, दलिततर्फ सीताराम रसाइली, प्रजातन्त्र सेनानीतर्फ तुलसीराम पौडेल र दुर्गादेवी विश्वकर्मा, आदिवासी जनजातितर्फ नरमाया थापा, भीमबहादुर श्रीस र राजु थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
खसआर्य महिलातर्फ कमला पराजुली र भगवती सापकोटा तथा खसआर्य खुलातर्फ उमाकान्त शर्मा ‘बाबु’, राजु थापा क्षेत्री र शिवप्रसाद कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ।
महिला खुलातर्फ भने निर्वाचन भएको छ। निर्वाचनबाट केन्द्रीय सदस्य चम्पादेवी खड्का, शकुन्तला शर्मा, कल्पना पाठक हमाल र उषा सापकोटा निर्वाचित हुनुभएको छ। युवा खुलातर्फ सुजन सापकोटा र पवन आचार्य तथा दलित समानुपातिकतर्फ सागर परियार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो।
प्रदेश सभा ‘ख’ को सभापतिमा श्रीस निर्वाचित
क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा ‘ख’ को सभापतिमा दलबहादुर श्रीस राना निर्वाचित हुनुभएको छ। सभापति पदमा श्रीस राना र विष्णु आचार्यबीच प्रतिस्पर्धा भएको थियो। श्रीसले २२५ मत प्राप्त गर्दा आचार्यले १९४ मत प्राप्त गर्नुभएको थियो।
प्रदेश कार्यसमितिको उपसभापतिमा महानन्द शर्मा, सचिवमा नारायण अधिकारी, खुला सहसचिवमा बलराम रिजाल र महिला सहसचिवमा खगिसरा शर्मा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ।
कार्यसमिति सदस्यमा तिलादेवी शर्मा, पूर्णकली सापकोटा, लीलादेवी हरिजन, यामबहादुर क्षेत्री, रेशम शर्मा, राजन, सुरेश खत्री, दलबहादुर थापा, नारायणप्रसाद शर्मा र सन्दीप हरिजन चयन हुनुभएको छ।
प्रदेश सभा ‘क’ मा सबै पद निर्विरोध
प्रदेश सभा ‘क’ को क्षेत्रीय कार्यसमिति लीलाधर कँडेलको नेतृत्वमा निर्विरोध निर्वाचित भएको छ। उपसभापतिमा ध्रुव खड्का, सचिवमा दिनेश पन्त, सहसचिवमा अनिश घर्ती तथा सदस्यमा विष्णु परियार, दिलबहादुर काउचा, मदनकुमार श्रीस, छविलाल पुन र भूमादेवी निउरे निर्विरोध निर्वाचित हुनुभएको छ।
यस क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिका सबै पदमा पनि निर्विरोध प्रतिनिधि चयन भएका छन्।
निर्वाचन अधिकृत भट्टराईका अनुसार प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा नारायणप्रसाद श्रेष्ठ, क्षेत्रीय सचिवमा गणेश नेपालीलगायतका उम्मेदवारले उम्मेदवारी दर्ता गराए पनि पछि उम्मेदवारी फिर्ता लिएपछि अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
यता सभापतिका उम्मेदवार श्रेष्ठले भने विज्ञप्ति जारी गर्दै आफूहरूको टिमको सम्मानजनक उपस्थितिसमेत हुन नसक्ने अवस्था देखिएपछि उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ। उहाँले प्रक्रिया एकलौटी रूपमा अघि बढाउन खोजिएको दाबीसमेत गर्नुभएको छ।
















































































































































































