१६ आश्विन २०८३, शुक्रबार

 

हस्तकला क्षेत्रमा योगदान पुर्‍याएको भन्दै महिला उद्यमी श्रेष्ठ सम्मानित

बागलुङ । नेपाल हस्तकला महासंघले आयोजना गरेको महिला उद्यमी सम्मान–२०८३ बाट महिला उद्यमी लालु श्रेष्ठ सम्मानित हुनुभएको छ।

हस्तकला क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै यस क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडस्थित नेपाल पश्मिना उद्योगकी सञ्चालिका श्रेष्ठलाई सम्मान गरिएको हो।

शुक्रबार ठमेलको सूर्य हेरिटेज होटलको सभाकक्षमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले श्रेष्ठलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मिनुभएका पुष्पमान श्रेष्ठले आफ्नी श्रीमती लालु श्रेष्ठको साथमा २०४० सालमा नेपाल पश्मिना उद्योग स्थापना गर्नुभएको थियो। उद्योग सञ्चालनसँगै श्रेष्ठ दम्पतीले लामो समयदेखि पश्मिना तथा हस्तकलाको उत्पादन र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आउनुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung