बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले इन्द्रकली कँडेलको स्मृतिमा आइतबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
बागलुङ नगरपालिका–२ समृद्धि टोल निवासी कँडेलको ७१ वर्षको उमेरमा गत असोज १४ गते निधन भएको थियो ।
कँडेल नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल प्रेस युनियन बागलुङका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, डा ईश्वरीप्रसाद कँडेल र अधिवक्ता शिव कँडेलकी आमा हुन् । उनी गण्डकी प्रदेशका पूर्वपर्यटन, उद्योग तथा वाणिज्यमन्त्री एवं नेपाली कांग्रेस बागलुङका पूर्वसभापति मणिभद्र कँडेलकी श्रीमती हुन् ।
श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले कँडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
सभामा उपस्थित सबैप्रति परिवारका तर्फबाट मणिभद्र कँडेलले धन्यवाद व्यक्त गरेका थिए ।
















































































































































































