२६ आश्विन २०८३, सोमबार

 

लायन्स क्लब धौलागिरिद्वारा मानव सेवा आश्रमका ५० जनाको निःशुल्क आँखा जाँच

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङले मानव सेवा आश्रममा आश्रित नागरिकहरूको निःशुल्क आँखा जाँच गरेको छ ।

सोमबार बागलुङ नगरपालिका–३ किनाराटोलस्थित मानव सेवा आश्रममा आयोजित आँखा शिविरबाट ५० जना लाभान्वित भएका छन् । शिविरमा आश्रममा आश्रित नागरिकहरूको आँखा परीक्षण गरिएको नेत्र सहायक तथा लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।

शिविर सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । आँखाका विरामीहरुलाई क्लबले चश्मा र औषधी निःशुल्क वितरण गरेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठ , चिफ एक्जुकेटिभ अफिसर काजिमान गुरुङ र समाजसेवी याम प्रसाद कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जीएलटी डिस्ट्रिक्ट कोअर्डिनेटर नारायण आचार्यले गर्नुभएको थियो ।

धौलागिरि क्षेत्रकै पुरानो लायन्स क्लबका रूपमा रहेको लायन्स क्लब अफ धौलागिरि बागलुङले सदस्यहरूको नेतृत्व विकाससँगै विभिन्न सामाजिक सेवाका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको कोचिफ एडभाइजर तालबहादुर कुँवरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung