१४ बैशाख २०८१, शुक्रबार

 

EXCLUSIVE (भिडियो सम्वाद) : ‘मेरा र दयारामजीका प्रतिबद्धता पनि पुरा गर्छु’–राजभण्डारी

बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष युवराज राजभण्डारीले चुनावका बेला आफ्नो प्यानल र उपविजेता दयाराम पौडेलले गरेका वाचासमेत पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षमा निर्वाचित भएपछि नयाँविश्व डटकमसँग विशेष कुराकानी गर्दै उनले भने, ‘निर्वाचनमा जाने बेला धेरै प्रतिवद्धता मेरा पनि थिए । मेरा प्रत्यासी साथीका पनि छन् । यी दुवै कुरालाई मिलाएर अगाडि बढ्छु ।’

राजभण्डारीले अझ थप्दै भने, ‘व्यवसायी, संघसंस्था तथा यहाँको समाजको लागि राजनीतिक दल र सरकारी कार्यालयसँग सहकार्य गरेर सबैको सुझाव लिएर अगाडि बढ्छु ।’

उनले आफ्ना प्रतिस्पर्धी दयाराम पौडेललाई सल्लाहकार बनाएर अघि बढ्ने बताए । तपाई उद्योग वाणिज्य संघको १७ वर्षे यात्राको उत्कर्ष (मूख्यनेतृत्व) मा पुग्नुभएको छ, यो खुशी कसरी साट्नुहुन्छ ? भन्ने नयाँविश्वको प्रश्नमा उनले भने, ‘मलाई खुशी पनि छ । दुख पनि छ । हामीसँगै साथसाथ रहेका साथी (दयाराम पौडेल) लाई गुमाउन पुगेको छु । उहाँलाई पनि सल्लाहकारको रुपमा राखेर साथसाथै आगाडि बढ्न चाहान्छु ।’
प्रस्तुत छ, उनी अध्यक्षमा निर्वाचित हुँदै गर्दा नयाँविश्व डटकमका लागि कृष्ण कँडेलले लिएको विशेष अन्तरवार्ता:

प्रतिक्रिया दिनुहोस्