१४ बैशाख २०८१, शुक्रबार

 

विहुँमा पर्यटन मेलाको अन्तिम तयारी

काँठेखोला गाउँपालिका वडा ५ बिहुँ पोखरामा सरकारावालाहरु बीच पर्यटन प्रर्वद्धन र धार्मिक तीर्थस्थलहरुको विकास र सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ १२ र १३गते हुने रास्ट्रिय स्तरको पर्यटन मेलालाई सफल बनाउनको लागि उक्त भेलाको आयोजना भएको थियो ।

काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष शिव कडेंलले बिहुँ लगायत यस क्षेत्रहरु रहेका पर्यटकिय स्थलहरु धार्मिक पुरातात्त्विक बस्तुहरु धार्मिक तिर्थ स्थलहरुले र यस क्षेत्रको भौगोलिक विविधता विभिन्व जातजाति भाषा संस्कृति नै पर्टयटकहरुको मुख्य आकर्षको केन्द्र बन्ने बताएका छन् ।

सरोकावालाहरुको तर्फबाट बोल्दै पर्यटनका अभियानकर्ता अग्नि कडेंलले यो पर्यटन मेला प्रत्यक्ष रुपमा नै नेपाल पर्यटन वोर्ड, पर्यटन मंन्त्रालय पर्यटन विभाग लगायत विभिन्न पर्यटन व्यवसायसँग जोडिएका सरोकारवाला निकायसँग जोडिएको भन्दै विहुँको विकास जति नै गर्न सक्यो त्यति नै फाइदा हुने उनले बताए ।विहुँमा भएका पर्यटकीय एवं धार्मिक क्षेत्रको विकास र प्रर्वद्धनका यो मेला कोसेढुंगा सावित हुने उनले बताए ।

अमर माध्यमिक विद्यालयका प्रधानाध्यपक भिष्म कडेंलले बिहुँकोट धार्मिक भौगोलिक लगायत हरेक तवरबाट पर्यटनमैत्री क्षेत्रहरुको रहेको बताउँदै त्यसको विकास र प्रर्वद्धनमा टेवा पुग्ने । वडामा मात्रै नभई गाउँपालिका भरी नै भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्नुपर्नेमा उनले जोड दिए ।
मेलालाई सफल बनाउनको लागि पर्यटन मंन्त्रालयका पदाधिकारी, पर्यटन विभाग गाउंपर्यटन मंन्च लगाएको टोली बिहुँ आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्