१४ बैशाख २०८१, शुक्रबार

 

तीनसय वर्ष पुरानो फागु गीत जोगाउँदै बागलुङको नेवार

बागलुङ÷ बागलुङको नेवारहरुले आफुले उपत्यकाबाट ल्याएको तीन सय वर्ष पुरानोे फागु गीत जोगाएर नयाँ पुस्तालाई सिकाउदै छ । । फागु गीत गाउँने बुढापाका विस्तारै कम हुन थालेपछि नेवार समुदायले नयाँ पुस्तालाई यस तर्फ आकर्षित गर्न प्रोत्साहित गर्दै छन ।

हामीले पुरानो भजन ,फागु गीत ,असारे  मौलिक गीतहरुको संरक्षण गर्न तालिमको आयोजना गर्न लागेको नेपाल भाषा मंका खलको उपाध्यक्ष गगन लाल शाक्यले बताउनु भयो ।तीन सय बर्ष अघि बागलुङमा आएका नेवारहरुले होली मनाउनु अघि कालिका मन्दिरमा बली चढाएपछि मात्र रंग लगाउथे । कालिका भगवतीमै फागुको गीत गाउँन जम्मा भएर त्यहिबाट बजार परिक्रममा गर्ने परम्परा थियो ।

हामी फागु गीत गाउँने बुढापाकाहरुसंग माइस्थान (कालिका भगवती मन्दिर )मा मन्दिरमा जाने गथ्र्यौ र आफनो लुृगा थापेर प्रसाद खाने चलन थियो नगर खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष हरि प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।अहिले यो चलनमा परिवर्तन भएको छ ।अहिले नेपाल भाषा मंका ःखल केहि वर्षदेखि पुजा गर्न एउटा टोलिलाई पठाएर बजारको विभिन्न टोलमा फागु पर्व मनाउने चलन बसेको छ ।

कालीका भगवतीलाई खुसी पारेपछि कुनै अनिष्ट हदैन भन्दै उनीहरुले रंगको पर्व मनाउने गरेको बुढापाका बताउछन् । ‘शक्ती पिठलाई खुसी पारेपछि पर्व मनाउने नेवारहरुको चलन हो’ नेपाल भाषा मंकाखल बागलुङका पूर्व अध्यक्ष काजी गाउँले श्रेष्ठले भने, ‘पुरानो चलन थमाउन युवालाई जागरुक बनाउदै छौं ।’

नेवारहरु भक्तपुरबाट बसाई सरेर आएको ईतिहास छ । होलीकाको वधको खुसीयालीमा मनाइएको पर्व भएपनि नेवारहरुले खुसी सगै शक्तीपिठ पूजा गरेपछि होली मनाएको कथा जोडेका छन् । बसाई सरेपछिका धेरै संस्कृतिलाई बागलुङमा ल्याएर बचाउने प्रयास पनि गरेका छन् । उनीहरुले ल्याएका संस्कृतिहरु यहा जोगिएको अर्का संरक्षणकर्मी महेशचन्द्र प्रधान बताउछन् ।

‘राजबली के हो ? राजबली केहो ? राजबली के द्वारे मचे होली’ राजबली के हो ? ऋद्धि आए, सिद्धि आए, गणेश आए त मुसा चढी के । राम आए, लछुमन आए, दशरथ आए रथ चढी के । मजाको फागु जानमा लाग्यो ढड्कन लाग्यो छाति ।राजबलि के हो ? कालीकालाई बोका बली दिएपछि यस्तै यस्तै गीत गाएर बजार फर्कनेहरुले होली खेल्छन् । नेवारी परंपराको मृदंगा बाजा बजाउछन् ।

चोकचोकमा पुगेर सबैलाई रंग दलेर शुभकामना बाड्नेले  चोकमा भेला हुन निम्तो दिन्छन् । वली दिएको बोका सहित कुखुरा, रागो लगायतको मासु छुट्टाछुट्टै पकाउछन् । सामुहिक रुपमा भोजनको प्रवन्ध गरिएको हुन्छ । दिनभर होलीमा रमाएर फर्केपछि प्रसाद स्वरुप मासु चिउरा खान्छन् । यो परंपरा बिस्तारै लोप हुने देखेर संरक्षणका लागि प्रयास गरेको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । बागलुङमा जोशी ,भारी ,राजभण्डारी, शाक्य, प्रधान ,मलेपति र श्रेष्ठ जातका नेवारहरु छन् । उनीहरुले धेरै जसो चाड संयुक्त रुपमा मनाउछन् ।

गाइजात्रा, होली लगायतका पर्व सामुहिक हुन्छन् भने लाखे, जोगी नाच शाक्यहरुको अगुवाई हुन्छ । हनुमान नाचका लागि भने हनुमान नाँच संरक्षण परिषद गठन भएको छ । यो परिषदले दान चन्दाबाट संकलित रकमले हनुमान नाँच देखाउने गरेको छ । हनुमान नाच्दा पधेराधारामा पूजा हुन्छ । गाईजात्रा निकाल्दा नारायण मन्दिरमा पूजा हुन्छ ।

पूजा बिधि संरक्षणको काम भने नेवार समुदायका अगुवाहरुले गर्दै आएका छन् । अगुवाई गरेका बाहेक सबै नेवार सहित अन्य जातीलाई पनि निम्तो दिइन्छ । ‘यस्ता चाड हाम्रो संस्कृति भएकोले बचाउने प्रयास गरेका छौं, तर बुझाउने काम सबैलाई गर्छौ’ राजभण्डारीले भने, ‘संस्कृतिहरु जती धेरै जोगाउन सकियो, हामी त्यसबाटै धनी बन्ने हो ।’ नेपाली पनका मौलिक पर्वहरु सबै मिलेर बचाउनुपर्ने उनले बताए । बाहुन,क्षेत्री, नेवार, मगर, गुरुङ, अन्य जनजाती र दलीत समुदायमा रहेका संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न सबै जागरुक बन्नुपर्ने उनले सुझाव समेत दिए ।

जिल्लामा चलनमा रहेका धेरै संस्कृतिहरु लोप बन्दै गएको संस्कृतिबिद प्रेम छोटाको भनाई छ । ‘चैतेदशै मेला देखि गलकोट, ढोरपाटन र धेरै क्षेत्रका संस्कारले एउटा एउटा ईतिहास र धर्म बोकेको छ’ छोटाले भने, ‘अब एउटा जात, भाषा नभनीकनै संरक्षणमा लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्