१४ बैशाख २०८१, शुक्रबार

 

देशभर मौसम बदली, तराईका सिमावर्ती जिल्लामा हावाहुरीको संभावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभरका धेरैजसो ठाउँहरुमा आंशिक देखी सामान्य बदली हुने संभावना रहेको छ । पुर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना छ । तराइका सीमावर्ती जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हिमपातको संभावना रहेको बताइएको छ ।

राति देशको पुर्वी , मध्य तथा पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ वर्षाको संभावना छ भने पुर्व र मध्य तराइका सीमावर्ती जिल्लाहरुमा हावाहुरी चल्ने रहेको बताइएको छ।

महाशाखाका अनुसार शनिबार पनि देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र केहि स्थानहरुमा मेघ गर्जनका साथ वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सीमावर्ती जिल्लामा हल्का हावा हुरि चल्ने संभावना छ।

प्रतिक्रिया दिनुहोस्