१४ बैशाख २०८१, शुक्रबार

 

घुम्टेमा सातौं गुराँस उत्सव शुरु

थम्मन थापा

बागलुङ। गलकोटको पर्यटकीय गन्तव्य घुम्टेमा शनिबारदेखि सातौं लालिगुराँस उत्सव शुरु भएको छ ।

समुन्द्री सतहदेखि १० हजार ३ सय ९३ फिटको उचाईमा अवस्थित घुम्टेमा आन्तरिक तथा बाह्य पर्यटकले घुम्टे लेकको विभिन्न प्रकारका लालिगुराँस फूल, पहाड तथा हिम श्रृङ्खलाको दृश्यावलोकन गरी सिद्ध भैरवको पुजा गर्ने गरी गुराँस उत्सव शुरु भएको छ ।

शनिबार गोठथरीमा क्याम फायर गरि बस्ने व्यवस्था मिलाइएको तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका सचिव शेर बहादुर थापाले जनाकारी दिए । आइतबार (बैशाख १ गते) सुर्योदय अवलोकन तथा राष्ट्रिय झण्डा फहाराउने, सिद्ध भैरबको मन्दिरमा पुजा गरि उत्सब सम्पन्न गरिने केन्द्रले जनाएको छ ।

धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक हिसाबले समेत महत्वपूर्ण घुम्टे लेकको पर्यटन प्रवर्द्धनका लागि प्रत्येक वर्ष घुम्टेमा गुराँस उत्सव गर्दै आईरहेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्