ताजा समाचार

वैदेशिक राेजगारी

म्यानपावर व्यवसायीले जापान कामदार पठाउन नपाउने

काठमाडौं । नेपाल–जापानबीच कामदार आपूर्तिबारे सहमति नजिक पुगेको छ । दुवै देशका प्रतिनिधिबीच एमओसीमा समझदारी जुटेको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद् बैठकमा पेश हुने तयारीमा रहेका छन् । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषद्मा पठाउन लागिएको छ । जापानमा कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर दुबै देश सहमत भएका छन् । अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुनेछन्… पुरा पढौ

जापान जानेलाई एन–४ तहको भाषा जरूरी, यस्तो छ तयारी

फागुन १७, काठमाडौँ । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए। ‘केयर… पुरा पढौ

कोरिया जान फेरि मौका, आजदेखि आवेदन खुला

काठमाडौं, फागुन १७ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ । शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका… पुरा पढौ

दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “

सचिन्द्र श्रेष्ठ ,दुबई,(१५ फेब्रुअरि) आर्थिक तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट कोही पनि बालबालिका बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति नआओस यो भाबलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तरका बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ‘शिक्षाका लागि यात्रा'(Walk for Education) नामक कार्यक्रम आज दुबईमा सम्पन्न गरेको छ। यस परोपकारी कार्यका लागि नेपाली समुदाय यूएईले पनि बिगतका बर्षहरूमा जस्तो ऐक्यबद्दता जनाउदै यो वर्ष पनि चौथो पटक आफ्नो सहभागी हुँदै १५ फेब्रुअरी २०१९ (15 February 2019)शुक्रवारका दिन क्रिक… पुरा पढौ

११ महिनामा विदेशबाट आयो ७८८ युवाको शव

२६ माघ, काठमाडौं । कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् । तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन । मृत्युले अंगालेपछि उसले कहिल्यै रहन नचाहेको कफिनमा थुनिएर फर्किन्छ, निर्जीव भएर । बेरोजगारीका कारण यो विवशतालाई स्वीकार्न बाध्य युवा र तीनका परिवारको संख्या सानो छैन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार गत फागुनदेखि हालसम्म झण्डै ११ महिना पनि… पुरा पढौ

मलेशियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, ९ नेपालीसहित सय बढी आप्रवासी पक्राउ

  मलेशिया, माघ २६। मलेशियाको अध्यागमन बिभागले त्यहाँ कार्यरत अबैधानिक आप्रवासी कामदार माथिको धरपकड पुन सुरु गरेको छ। बिहिवार मलेशियाको राजधानी क्वालालम्पुर स्थित सिटि सेन्टरमा छापा मार्दा अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका ९ नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक लाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मलेशियाको अध्यागमन बिभागले केहि समय अघि मात्रै अबैधानिक रहेका लाई वैधानिक बन्न वा स्वदेश फर्किन आम माफिको समेत ब्यबस्था… पुरा पढौ

मलेशियामा अवैधानिक कामदार माथी धरपकड सुरु

  मलेशिया,माघ २६। मलेशियाको अध्यागमन बिभागले त्यहाँ कार्यरत अबैधानिक आप्रवासी कामदार माथिको धरपकड पुन सुरु गरेको छ। बिहिवार मलेशियाको  क्वालालम्पुर स्थित सिटि सेन्टरमा छापा मार्दा अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका ९ नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक लाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मलेशियाको अध्यागमन बिभागले केहि समय अघि मात्रै अबैधानिक रहेका लाई वैधानिक बन्न वा स्वदेश फर्किन आम माफिको समेत ब्यबस्था गरेको थियोे।आममाफीमा… पुरा पढौ

पर्वत समाज बेल्जियमले अनाथ बालबालिकाहरूलाई सहयोग गर्ने

साजन परियार– पर्वत समाज बल्जियमले असहाय र अनाथ बालबालिकाहरु प्रति चासो देखाएको छ । पर्वत जिल्लामा रहेका असहाय र अनाथ बालबालिकालाई लक्षित गरेर दश लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएको छ । संस्थाले असहाय बालबालिकालाई सहयोग गर्ने उद्देश्यले पहिलो चरणमा बिहादी गाउँपालिकामा रहेको अनाथालय लाई सहयोग गर्ने पर्वत समाज बल्जियमका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो । संस्थाले फलेवास र कुश्मा नगरपालिका सहित जलजला, मोदी, महाशिला र पैयु गाउँपालिकाका अनाथ बालबालिकाहरूलाई पनि सहयोग गर्ने भएको छ । यसको उद्देश्य असहाय… पुरा पढौ

जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ । यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याउन चाहिरहेको छैन ।… पुरा पढौ

कम्पनीले तलब नदिएपछि मलेशियामा हजारौं नेपाली आन्दोलित

मलेशिया,माघ १५।मलेसियाको सेलंगर स्थित सापाङ छेत्र नजिक रहेको डब्लु आर पि एसिया प्यासिफिक ग्लोभ कम्पनीमा कार्यरत कामदारले तीन महिनादेखि काम गरेको तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन्। कम्पनीमा कार्यरत कामदारहरुले ३ महिना काम गर्दा एक महिनाको मात्रै तलब पाएको र बाकी तलब माग्दा दिन्छौ भन्दै काममा लगाएर अहिलेसम्म नदिएपछि बाध्य भएर हडताल गर्नुपरेको पीडितको भनाइ छ। हामिले हाम्रो श्रम को मुल्य मागेको हौ तर कम्पनीले आनाकानी गर्दै आएपछि बाध्य भएर कम्पनी विरुद्ध उत्रनुपरेको उनिहरु बताउछन् ।कम्पनीमा कामदारहरु हडतालमा उत्रिए पनि दुतावास… पुरा पढौ