२ जेष्ठ २०८१, बुधबार

 

चैत्राष्टमी कपको दोस्रो दिन आदर्श, मूलपानी र अमृत बिजयी

चैत्राष्टमी मेला ०७३ को अवसरमा आयोजित चैत्राष्टमी कप अन्तर कलेज फुटबल प्रतियोगिताको दोस्रो दिन ३ प्रतिस्पर्धा सम्पन्न भएका छन । विहानको पहिलो खेलमा आदर्श विद्या मन्दिरले विद्यामन्दिर उमाविलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । सो खेलमा २ का विरुद्ध ३ गोलले आदर्श विजयी भएको थियो ।

यसै गरी दोस्रो खेलमा मूलपानी उमाविले ओयसीस एकेडेमीलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । निकै प्रतिस्पर्धात्मक भएको यो खेलमा पनि २ का विरुद्ध ३ गोलले मूलपानीले जित हासिल गरेको थियो ।
यसै गरी बेलुका भएको तेस्रो खेलमा अमृत उमाविले सनराइज उमाविलाई ० का विरुद्ध १ गोलले पराजित गरेको थियो ।
शुक्रबारको पहिलो खेल डिगनिटी उमावि र धौलागिरी बहुमुखी बिच खेल हुदैछ । यसै गरी दोस्रो खेल फ्यूचर ब्राइटर र मुलपानी उमावि विच प्रतिस्पर्धा हुनेछ

प्रतिक्रिया दिनुहोस्