२ जेष्ठ २०८१, बुधबार

 

कालिका कप भलिबल प्रतियोगीता प्रारम्भ, उद्घाटन म्याचमा धम्जा र देवीस्थान विजयी

चैत्राष्टमी मेला ०७३ को अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिा शुक्रबार प्रारम्भ भएको छ । आयोजक संस्थाहरुको प्रतिनिधित्व गर्दै स्थानिय विकास अधिकारी राम प्रसाद आचार्यले रेफ्री सोम बहादुर पैवीलाई बल तथा सिठी हस्तान्तरण गर्नु भयो । सो अवसरमा स्थानिय विकास अधिकारी आचार्य, बानपा कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदी, सुन चादी व्यवसायी संघका अध्यक्ष ओम बहादुर विकले शुभ कामना मन्तव्य व्यक्त गर्नु भयो ।
मेला व्यवस्थापन समितिका मूल संयोजक राजु खड्काको अध्यक्षता, सचिव निसान खड्काको संचालन तथा जिल्ला भलिबल संघका उपाध्यक्ष सोम बहादुर पैवीको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
जम्मा २४ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन म्याचमा धम्जाले पालालाई पराजित गरेको छ । सो प्रतियोगितामा पालाले लगातार २ सेट जितेको थियो । यसै गरी दोसँ्रे म्याचमा देवीस्थानले छिस्तीलाई पराजित गरेको छ । सो प्रतियोगितामा २ सेट देवीस्थानले तथा छिस्तीले १ सेट जितेको थियो ।
यसै गरी शनिवार भलिबलका ४ प्रतिस्पर्धाहरु चल्ने भएका छन । बिहान ८ बजे देखि शुरु हुने प्रतियोगिताको पहिलो म्याच हरीचौर र तित्याङ तथा दोस्रो म्याच भिमापोखरा र दुदिलाभाटी बिच हुदैछ । यसै गरी तेस्रो म्याच राङ्खानी र सिगाना तथा चौथो म्याच मल्म र डाडाखर्क, पर्वतका विच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्