गोलभेडा खेती सम्बन्धी २ दिने तालीम रिस्मीमा सम्पन्न भएको छ । कृर्षि बिकास कार्यालय बागलुङको आर्थिक सहयोग कृषि बिकाश समिति मल्मको ब्यबस्थापनमा गलकोट नगरपालीका वाड नं ९ रिस्मीमा सम्पन्न भएको हो ।
कृषकहरुलाई प्लाष्टीकको घर निमार्ण गरि गोलभेडा खेती गरिने तथा समुहमा आबद्ध रहेर कृषि कार्य गदै आएका कृषकलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको कृषि बिकास समिति मल्मका अध्यक्ष पिताम्बर गौतमले बताउनुभयो । प्रकाश कृषि समुह, उपहार कृषि समुह, लक्ष्मीनारायण कृषि समुह, दरबार कृर्षि समुह, मित्रमिलन कृषि समुह, प्रगतिशिल कृषि समुह गरि सात समुहबाट २० जना कृषकले तालिममा सहभागीता रहेको थियो । कार्यक्रमको कृर्षि सेबा केन्द्र हरिचौरका प्राबिधिक सहायक डम्मर दाहालले सहजिकरण गरेको कार्यक्रममा कृषि बिकास समिति मल्मका अध्यक्ष पिताम्बर गौतमको अध्यक्षता कृषि बिकास समिति मल्मका सदस्य अग्निधर सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































