२९ बैशाख २०८२, सोमबार

 

प्रेस सेन्टर ताराखोला गाउँपालिकाको अध्यक्षमा पुर्णभन्द्र निउरे

ताराखोला गाउँपालिकाभित्रका सन्चारकर्मीहरुको भेलाले पूर्णभद्र न्युरेको अध्यक्षतामा प्रेस सेन्टर नेपाल ताराखोला गाउँ समिति गठन गरेको छ । भेलाले १ सदस्य पछि थप्ने गरि १७ सदस्यीय प्रेस सेन्टर नेपाल ताराखोला गाउसमितिको गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सुमित्रा सुनार, सचिब शान्त खत्री मौसम, सहसचिव सबिता खत्री र कोषाध्यक्षमा बिवेक परियार रहेका छन ।
समितिको सदस्यमा कमल घर्ती, ललित घर्ती, सन बहादुर बि क, भिमा रोका, उमाकान्त निउरे, गंगा चालिसे, दल घर्ती, केशव खड्का, निरु घर्ती र मिथुन घर्ती रहेका छन ।
कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष दिवस खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर खत्री, वाईसिएल केन्द्रिय सदस्य नरेश केसि, अखिल नेपाल शिक्षक संगठन बाग्लुङका जिल्ला सदस्य थम प्रसाद रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भेला आयोजक समितिका संयोजक पूर्णभद्र निउरेको अध्यक्षता, सबिता खत्री को स्वागत र सान्त खत्री मौसमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung