२९ बैशाख २०८१, शनिबार

 

एमालेको प्रदेश नं ४ को विस्तारित बैठक पोखरामा सुरु

नेकपा एमाले प्रदेश नं ४ को विस्तारित बैठक आजदेखि पोखरामा सुरु भएको छ । बैठकमा प्रदेश नं ४ का सांसदहरु,केन्द्रिय सदस्य,जिल्ला अध्यक्ष,प्रदेश सदस्य लगायतका एमाले नेताहरुको उपस्थिति थियो । आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन चुनावी रणनीति तयार गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । बैठकमा जिल्लाको पार्टी संगठनको अवस्था,अन्य पार्टीहरुको स्थिति,अहिलेसम्मको प्रगति र भावी रणनीति बारे छलफल भएको थियो ।

बैठकलाइ व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी,प्रदेश संयोजक किरण गुरुङ,पार्टीका निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी,पोलिट्व्युरो सदस्य गणेश तिमल्सिना,अनेमसंघका महासचिव थममाया थापा,पोलिट्व्युरो सदस्य श्रीमाया थकाली,सांसदहरु सिता गिरी,नरबहादुर थापा,प्रेस चौतारीका केन्द्रिय सचिव रामकृष्ण शर्मा लगायतले सम्वोधन गरेका थिए ।

बैठकमा बामपन्थीहरु वीच चुनावी तालमेलको लागि सवै बामपन्थी पार्टीहरुसँग सुक्ष्म ढङ्गले बार्ताा गर्ने विषयमा व्यापक छलफल भएको प्रेस चौतारी केन्द्रिय सचिव रामकृष्ण शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्