३ श्रावण २०८३, आईतवार

 

आईन्सटाइनको चिठी ५४ हजार डलरमा पत्र बिक्री

अमेरिकाकाको लस एन्जलस शहरमा बैज्ञानिक अल्बर्ट आईन्सटाइनको चिठी ५३ हजार ५ सय ३ डलरमा बिक्री भएको छ । परिचय नखुलाईएको एक व्यक्तिले सन १९५३ मा विज्ञानका शिक्षकको प्रश्नको जवाफ लेखिएको दुई पृष्ठ लामो पत्र खरिद गरेको हो ।

यो पत्र आयोवाका विज्ञान शिक्षक आर्थर कन्भर्सको परिवारको अधीनमा थियो । शिक्षक आर्थरले इलेक्ट्रोस्पोकको परीक्षणका बारेमा आईन्सटाइनलाई प्रश्न सोेधेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung