
बुर्तिबाङ ,बागलुङ- प्रयाजसाे ग्रामिण भेगमा विभिन्न घरायसी सामान ढुवानीका लागि प्रयाेग गरिने खच्चड व्यवसायिकाे पेशा संकटमा पर्न थालेकाे छ । गाउँघरमा माेटरबाटाे निर्माण सँगै अहिले उनिहरूकाे पेशा संकटमा परेकाे हाे । बडिघाट गाँउपालिको अन्र्तगत पर्ने वडा नम्बर ७ ,८ , ९ र १० का बिभिन्न ठाउँमा मोटर बाटो पुगे सगै खच्चडमा ढुवानी घट्को छ ।
खच्चड दुवानी गरेर आफनो परिवारको खर्च चलाईरहेको खच्चड व्यबसायिहरु बडिगाड गाउँपालिकका बिभिन्न ठाँउमा मोटरबाटो पुगे पछी उनीहरुको व्यावसायमा परिवर्तन गर्नु पर्नेमा चिन्तीत भएका छन् । खच्चड व्यबसायिकमा राम्रो आम्दानी गर्दे आएका थिए । अहिले बडिघाट गाउँपालीकाको वडा नम्बर ७ , भिमगिठे वडा नम्बर ८ , ९ र १० का बिभिन्न ठाउँहरुमा सरकारबाट मोटो रकम वजेट बिनियोजित भए सगै त्यहाँ मोटरबाटो पुगेको छ ।
यस अघि खच्चडले ढुवानी गर्दा प्रतिकिलो ७ देखि ८ रुपैया लिनेगरेको मा अहिले गाडीले प्रतिकिलो २ देखि ३ रुपैया सम्म लिने गरेका छन । स्थानीयहरु सस्तो दरमा सामग्री ढुवानी पाउने र सहजरुपमा यातायता गर्न पाउने भएकोले खुसी भएको छन् । यस अघि मोटरबाटो नपुग्दा स्थानियहरुले खच्चड तथा ढाडमा दुवानी गरिरहेका थिए तर अहिले बिभिन्न ठाँउमा मोटरबाटो पुगेपछि मानिसलाई बिरामी हुदा तथा आवतजावतमा सहजता भएको छ ।