६ जेष्ठ २०८१, आईतवार

 

अंचल अस्पताललाई एनआरएन काङ्साईले गर्यो सहयोग

- ११ लाख बराबरको अटोमेटेड अनलाइनजर मेसिन प्रदान

एनआरएन काङ्साई जापानले धौलागिरी अञ्चल अस्पताललाई ११ लाख बराबरको अटोमेटेड अनलाइजर मेसिन प्रदान गरेको छ । एनआरएन जापानका उपाध्यक्ष टंक गैरे र एनआरएन काङ्साई जापानका संयोजक  टिकाराम कडेँलले एक कार्यक्रमका बीच धवलागिरी अञ्चल अस्तपतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागरकुमार राजभण्डारी र अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्ललाई हस्तान्तरण गरेका छन ।

‘९ महिना अघि अञ्चल अस्पताललाई के कस्तो सहयोग गर्न सकिन्छ भन्ने छलफल पछि विभिन्न प्रकारका रक्त परिक्षणहरु गुणस्तरीय रुपमा छिटो समयमा हुने अटोमेटेड अनलाइजर मेशिन उपलव्ध गराउने निर्णयमा पुग्यौँ ।’ एनआरएन जापानका केन्द्रिय उपाध्यक्ष टंक गैरेले भनेँ, ‘जापानमा सन २०१७ जनवरी १ मा सांगितिक कार्यक्रम गरेर संकलन p4p5p7p6p8p9गरेको रकमले यो मेसिन उपलब्ध गराएका हाँै ।’ त्यस्तै उनले अस्पतालमा आउने बिरामीले छिटोछरितो ढंगले गुणस्तरीय स्वास्थ्य सुबिधा पाउन भनेर मेसिन उपलब्ध गराइएको र यस्को सदुपयोग भएको हेर्न चाहेको बताए ।p2

p3

उक्त कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले अस्पतालको सेवा सुविद्यालाई प्रभावकारी बनाउन एनआरएन काङ्साईको सहयोग महत्वपूर्ण रहेको र आगामी दिनमा पनि एनआरएन काङ्साई र अस्पताल परिवार बीच सहकार्य बढ्दै जाने बताए । त्यस्तै धौलागिरी अंचल अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्लले अस्पतालले गुणस्तरीय स्वास्थ्य सुविद्या दिनका लागि विभिन्न सुधारका कामहरु गरिरहेको र अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सरोकारवालाहरु सँग पहल गरिरहेको सन्दर्भमा काङ्साईबासी सवै नेपालीहरु र विभिन्न संघसंस्थाहरुको सहयोगमा मेसिन भित्रिएको बताए ।

नेपालमा pic hospitalजन्मेर बिदेशमा श्रम गरेर अस्पतालको विकाशका लागि यहाँका युवाहरुले देखाएको सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको र उपलब्ध मेशिन प्रयोग गरी अस्पतालले सर्वसाधारण जनताहरुलाई स्वास्थ्य सुविद्या दिन सके सहयोगको सार्थकता रहने स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष लगायतले आफ्नो भनाई राखेका थिए । सो अवसरमा हास्य कलाकार ज्योती काफ्ले र गायिका सिता केसीको प्रस्तुति रहेको थियो ।
एनआरएन काङ्साईका संयोजक  टिकाराम कडेँलको अध्यक्षता,बागलुङ समाज जापानका महासचिव  कृष्ण सुवेदीको स्वागत र लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङका प्रथम उपाध्यक्ष गणेश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

जर्मनीमा निर्मित अटोमेटेड अनलाइनजर मेशिनले एक घण्टामा एक सय असी प्रकारको टेष्टको रिजल्ट दिन्छ । मेशिनबाट टेष्ट गर्दा अन्य मेशिनको तुलनामा ३ घण्टा छिटो रिजल्ट आउने र छिटो उपचारमा सहयोग पुग्ने धौलागिरी अंचल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले बताए । विपन्न नागरिकहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर उक्त मेशिन धौलागिरी अंचलमै पहिलो पटक ल्याइएको र निजी अस्पतालमा समेत नभएको अटोमेटेड अनलाइनजर मेशिनको उपलब्धताले स्वास्थ्य परिक्षणमा ठूलो सहयोग गर्ने एनआरएन काङ्साईका संयोजक  टिकाराम कडेँलले बताए ।

प्रतिक्रिया दिनुहोस्