नेकपा माओबादी केन्द्र बानपा ३ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । ३ नम्वर वडाका वडाअध्यक्षका उम्मेद्वार रतन प्रसाद मलेपतिले वडाको सरसफाई,ढल, शिक्षा ,स्वास्थ, व्यापार ,घरेलु उद्योेग,संचार र विकास निर्माणमा नेकपा माओबादी केन्द्रको जीत आवश्यक रहेको बताए ।
अभियान अन्र्तगत पेन्सन क्याम्प,गुठी,मिलिजुली टोल,नागरोड ,कम्प्युटोल, बुद्धविहार, शान्तिटोल, नारायण चोक,किनारा टोल ,गौडाकोटमा पुगेर चुनाव प्रचार गरिएको वडा अध्यक्षका उम्मेद्वार रतन प्रसाद मलेपतिले बताए । अभियानमा महिला सदस्य नन्दकली श्रेष्ठ(क्षमता), दलित महिला सदस्य राधिका किसान, खुल्ला सदस्य नारायणप्रसाद शर्मा र गुमानसिंह किसानको समेत सहभागिता रहेको थियो ।













































































































































































































