बागलुङ नगरपालिका वडा नं ६ का माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार कविराम किसानले समग्र विकास र उन्नतीको लागि माओवादीको उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेका छन । वडा अध्यक्षका उम्मेदवार कविराम किसानको नेतृत्वमा भान्सा, सिम, लमगाउ, भिरलाङखुरी,स्वारा लगाएतको स्थानहरूमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ ।
उक्त अभियानमा दलित महिला सदस्य जुना नेपाली, खुल्ला सदस्यहरू नन्द बहादुर थापा ,भुवानी शंकर सापकोटा र महिला सदस्य तारा नेपालीको सहभागी रहेको नेकपा माओवादी केन्द्र वानपा ६ का पार्टीको वडा अध्यक्ष गुरू प्रसाद सापकोटाले बताए ।













































































































































































































