३ श्रावण २०८३, आईतवार

 

महान्यायाधिवक्ताको कार्यालयद्वारा २० करोडको सवारी साधन वितरण हुँदै

 जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालय मार्फत कार्यालय प्रयोजनका लागि एउटा कार प्राप्त गरेको छ ।

महान्यायाधिबक्ताको कार्यालयले देशभरका जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रदान गर्न लागेको सवारी साधन अहिले सम्म बागलुङ लगायत ४८ कार्यालयलाई दिई सकिएको महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले जानकारी दिए । यसक्रममा बागलुङको कार्यालयले पनि सवारी साधन प्राप्त गरेको हो । सबै जिल्ला सरकारी वकिलको कार्यालयलाई गरि जम्मा ७१ ओटा कार वितरण गर्ने कार्यक्रम रहेको छ । यो सवारी साधन पहिलो पटक ललितपुर र दोस्रो सुनसरीले प्राप्त गरेका थिए ।

एउटा कारको मुल्य २३ लाख ११ हजार रुपैयाँ पर्ने कार्यालयले जनाएको छ । थप १९ ओटा उच्च सरकारी वकिलको कार्यालयहरुलाई आईतबारदेखि सवारी साधन प्रदान गर्ने कार्यक्रम रहेको छ । उच्च सरकारी वकिलको कार्यालयको लागि दिईने सवारी साधनको मुल्य एउटाको ३० लाख रुपैयाँ रहेको छ ।

महान्यायाधिबक्ताको कार्यालयको समन्वय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिशेष पहलमा अर्थमन्त्रालयले सवारी साधन गरिदका लागि २० करोड विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung