३ श्रावण २०८३, आईतवार

 

गाउँ र नगरपालिकालाई ठुलाे बजेट

- गाउँपालिकाले १० करोडदेखि ३९ करोडसम्म बजेट पाउने

सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट दिने घोषणा गर्नुभएको हो । त्यसैगरी नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने भएका छन । त्यसैगरी एउटा उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने छ । देशभरि १३ वटा उपमहानगरपालिका छन ।एउटा महानगरपालिकाले कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने अर्थमन्त्री महराले घोषणा गरेका छन । बागलुङमा ४ नगरपालिका र ६ गाउपालिका गरि १० वटा स्थानीय तह रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung