४ श्रावण २०८३, सोमबार

 

चीनकाे विदेशी मुद्रा सञ्चितिमा बृद्धि

चीनकाे विदेशी मुद्रा विनिमय सञ्चितिमा वृद्धि भएकाे छ ! विदेशी विनिमय संचिति मे महिनामा लगातार चाैथाे महिना पनि वृद्धि भएकाे छ।

याे बजारकाे अपेक्षा भन्दा बढी हाे जसका कारण मे महिनामा मात्र २४ अर्ब डलरले बढेर सात महिनामै उच्च अर्थात ३.०५४ ट्रिलियन डलर पुगेकाे छ ।

पुुँजी नियन्त्रणका कारण बाह्य लगानी राेकिएपछि विदेशी विनिमय सञ्चिति उकालाे लागेकाे हाे । अपिलमा पनि विनिमय सञ्चितिमा २१ अर्ब डलरले वृद्धि भएकाे केन्द्रीय बैककाे तथ्यांकले देखाएकाे छ ।

अमेरिकी डलरमा देखा परेकाे कमजोरीले अन्य मुद्राकाे मूल्यांकन र चीनले लिएकाे सम्पत्तिमा वृद्धि भएकाे एडमिनिष्ट्रेशन अफ फरिन एक्सचेञ्ज ( सेफ ) ले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung