१ जेष्ठ २०८१, मंगलवार

 

अधिकारीचौरमा कृषिमा आधारीत क्षमता बिकास गोष्ठि सुरु

ढोरपाटन नगरपालिका–५ अधिकारीचौरमा कृषिमा आधारीत क्षमता बिकास सहयोग सम्बन्धि दुईदिने गोष्ठि सुरु भएको छ ।

आमा मिलक केन्द्र बागलुङ, सत्कर्म नेपाल बागलुङ र महिला मानब अधिकार रक्षक सञ्जाल बाग्लुङको सहकार्यमा गोष्ठि गरिएको हो । सांसद् ज्ञानकुमारी छन्त्याल मार्फत प्राप्त निर्वाचन क्षेत्र बिकास कोषको सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सांसद ज्ञानकुमारी छन्त्यालले गोष्ठिले स्थानिय किसाहरुको क्षमता विकासमा सहयोग पु¥याउने बताईन् । उनले सिकेको ज्ञान व्यवाहारमा प्रयोग गरि आर्थिक रुपमा आत्मनिर्भर बन्न आग्रह गरिन् । 

आफुले दुरदराजमा रहेका ग्रामिण क्षेत्रको बिकास र सामाजिक रुपान्तरणमा सँधै ध्यान दिने उनको भनाई थियो ।
गोष्ठिमा ढोरपाटन नगरपालीका वडा नम्बर–५ अधिकारीचौरका ४३ जना स्थानीय किसानको सहभागिता रहेको छ ।

सो अवसरमा नवजागरण कृषक समुहका अध्यक्ष चेतलाल बिक, पत्रकार डम्बर बुढा, महादिबेशन प्रतिनीधि सागर छन्त्याल, सत्कबर्म नेपालका निरीक्षक तथा अधिकारकर्मी सिताराम थापा, महिला अगुवा रत्ना शेरचन लगायतले मन्तव्य राखेका थिए ।

गोष्ठिमा आधुनिक कृषि प्रणाली, किसानहरुको क्षमता वृद्धि, नेतृत्व विकास लगायतको बारेमा सहजिकरण हुने सत्कर्म नेपालका निरीक्षक सिताराम थापाले जानकारी दिए । कार्यक्रममा किसाहरुलाई प्लाष्टिक टनेल समेत प्रदान गरिएको थियो ।

कार्यक्रम नाथुरी ताजा तरकारी उत्पादन कृषक समुहका अध्यक्ष यमलाल कँडेलको अध्यक्षता, आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापाको स्वागत र महिला अगुवा दिलमायाँ पौविको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्