सबैका लागि घर घरमा मानव अधिकार शान्ति र बिकासको आधार भन्ने मुल नारासाथ बालबालिका माथि हुने शारीरिक तथा मानसिक दण्ड सजायको अबस्था र रोकथाम बिषयक अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भयो ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अहिले देशमा भै रहेको बालबालिका माथि भएका घरेलुु हिंसा देखि बिद्यालयमा हुने गरेको शारीरिक मानसिक हिंसा लाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारे सरोकारवाला बिच बृहत छलफल गरियो ।
अहिले बालबालिकाको अधिकार बारे धेरै कुरा गरे पनि ब्यबहारमा भने लागू गर्न नसकेको कुरा सरोकारवालाले धारणा राखेका थिए ।अहिले समाजमा खालि अधिकारको कुरा मात्रै बढी उठिरहेको तर कर्तव्य बारे कसैलाई ख्याल नभएको हुदा यसबारे सबै पनि सचेत बनाउन जरुरी रहेको समेत धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका नितु गर्ताैला, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख चन्द्रकुबिर खापुङ, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, भिमपोखरा युबा क्लबका सचिब मणिभद्र शर्मा, सेतो गुराँस बालबिकास केन्द्रका अध्यक्ष महेशचन्द्र प्रधान धौलागिरि अन्चल अस्पतालका रामप्रसाद खनाल नागरिक समाजका सदस्य कृण्णराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, बिद्यामन्दिर माबिका प्रधानाध्यापक जगन्नाथ आचार्य, कालिका कन्या माबिका प्रधानाध्यापक धनराज सापकोटा, महिला तथा बालबालिका कार्यालयका घनश्याम शमार्, समाजसेवी देबबहादुर श्रेष्ठ, फ्युचर ब्राइटर बोडिङ स्कुलका प्रअ बालकृष्ण शर्मा लगायतका बक्ताहरूले धारणा आफ्नो ब्यक्त गरे ।

































































































































































































