१ जेष्ठ २०८१, मंगलवार

 

कृषि तथा पशु प्राबिधिक हकहित संरक्षण समिति गठन

नेपाल कृषि तथा पशु प्राबिधिक हकहित संरक्षण समिति म्याग्दी गठन भएको छ । शनिबार बेनीमा भएको करार सेवामा कार्यरत कृषि र पशु सेवा प्राबिधिकहरुको भेलाले असुन रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा प्रमिला पौडेल, सचिवमा सन्दिप दर्जी, कोषाध्यक्षमा सजिना पौडेल र सहसचिव पुष्पा शर्मा रहेका छन् । सदस्यहरु संगीता पुन, आकाश जिसी, कृती गर्बुजा, मिना सेवा, अनीता सापकोटा र कबिता पौडेल रहेका छन् । आश्विन खत्रीको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

केन्द्रिय कोषाध्यक्ष पुष्पा पौडेलको प्रमुख आतिथ्यता, मस्यौदा संयोजक मोतीप्रसाद न्यौपानेको बिशिष्ट आतिथ्यता र केन्द्रिय सदस्य तारा बानियाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्