जिल्लामा विकास केन्द्रित पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । गत असार ३ गतेदेखि सञ्चालन भएको तालिममा आर्थिक अभियानका सम्पादक प्रमोद प्रधान र राष्ट्रिय सुचना विकास केन्द्रका केन्द्रका कार्यकारी निर्देशक विष्णुप्रसाद शर्मा पराजुलीले प्रशिक्षण दिएका थिए ।
विकास पत्रकारिताको महत्व, समाचार लेखन, सञ्चार माध्यमको महत्व, समाचारको प्रकार, लेखन विधि, खोज पत्रकारीताको महत्व, अन्र्तबार्ता लिँदा केकस्ता विधि अपनाउने, फिल्ड रिपोर्टिङ गर्दा कस्ता—कस्ता कुराहरु समाचारमा समेट्ने,जिल्लामा पत्रकारीताको अभ्यास र गर्नुपर्ने सुधारका विषयमा तालिम केन्द्रित थियोे ।

तालिम समापनका अवसरमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले विकास पत्रकारिता तालिमले पत्रकारहरुको दृष्टिकोण र समाज रुपान्तरण गर्नमा सहयोग पुग्ने बताए ।
त्यस्तै उनले तालिममा सिकेका उपलव्धि र विशेषज्ञता आफ्नो सञ्चार क्षेत्रमा लागू गर्नुपर्ने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेश राजभण्डारी, पूर्व अध्यक्ष तथा सल्लाहकार रामबहादुर जिसी, सुचना विकास केन्द्रका कार्यकारी निर्देशक तथा तालिमका प्रशिक्षक विष्णुप्रसाद शर्मा पराजुली, आर्थिक दैनिकका सम्पादक तथा प्रशिक्षक प्रमोद प्रधान, तालिममा सहभागिका तर्फबाट रेडियो विहानी एफ.एमका प्रकाश छन्त्याल, गलकोट एफ.एमकी सरित्रा खत्री, लगायतले बोलेका थिए ।

सो अवसरमा तालिममा सहभागि पत्रकारहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै प्रशिक्षकहरुलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाले मायाको चिनो हस्तान्तरण गरेको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा, सदस्य सिर्जना पन्तको स्वागत र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

































































































































































































