१ जेष्ठ २०८२, बिहीबार

 

जिल्लाबाट जन्मकैद परेका सार्कीले सर्बोच्चबाट पाए सफाई

कर्तव्य ज्यान मुद्धामा जेल परेका जैमिनी नगरपालिकाका टिकाबहादुर हरिजन भनिने टिके सार्कीले सफाई पाएका छन् ।
जैमिनी नगरको साबिक कुस्मिसेराका उनलाई सर्वोच्च अदालतले सफाइ दिएको हो ।

उनलाई बागलुङ नगरपालिका–१२ अमलाचौरका माओबादी नेता बिष्णु पुलामीको हत्याको आरोप लागेको थियो । सर्वोच्च अदालतले सफाइ दिएपछि हरिजन थुनामुक्त भएको जिल्ला कारागार बागलुङले जनाएको छ ।

उनलाई कर्तब्य ज्यान मुद्धामा दोषि ठहर गर्दै जिल्ला अदालत बागलुङले २०७० पौष २३ गते सर्बश्व सहित जन्म कदैको फैसला गरेको थियो ।
सर्वोच्चको पत्र जिल्लामा आएपछि उनलाई बिहिबार थुना मुक्त गरिएको कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung