बागलुङ जिल्लामा भएका जडीबुटीबाट राम्रो आम्दानी गर्न सकिने देखिएको छ । जिल्लामा झण्डै एक सय किसिमका जटीवुटी विक्रि गर्न सकिने खालका रहेको पाईएको हो ।
नेपाल सरकार बाणज्य मन्त्रालय, व्यपार तथा निकासी प्रबद्र्धन केन्द्रको आयोजनामा भएको कार्यक्रममा वक्ताले यस्तो बताए । बागलुङ जिल्लामा जडीवुटीको उत्पादन वृद्धि तथा बजारिकरणमा देखिएका समस्या पहिचना र समाधान भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको स्थानीय संयोजन बागलुङ उद्योग बाणिज्य संघले गरेको थियो ।
कार्यक्रममा जिल्ला बन कार्यालय बागलुङका सहायक बन अधिकृत रामबहादुर विकले जिल्लामा ९० प्रकारका जडीवुटी विक्रि गर्न सकिने सुचीमा रहेको बताए ।
उनले २०७१ देखि २०७३ साल सम्म ७ समुहका जडिबुटीहरु निकासी भएको जानकारी दिए ।
कार्यक्रममा बोल्ने वक्ताले जडिबुटी तथा बनपैदावारको पहिचान, संंकलन, भण्डारण, उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नसके राम्रो आम्दानी हुने बताए ।
उनीहरुले जडीवुटीको संकलन प्रसोधन र बजारिकरणले रोजगारी समेत सृजना हुने बताए । जडिबुटीकाको निकासी तथा बजारीकरणमा देखिएका कानुनी पक्ष नबुझ्दा पनि समस्या भएको बताए ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण रावल र अधिकृत नवराज मरहठ्ठले सहजिकरण गरेका थिए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत नवराज मरहठ्ठाले जडिवुटी तथा पैदावार निकासीमा भएका नियम कानुन, वैदेशिक व्यापार, निकासी गर्दा अपनाउनुपर्ने सरकारी मान्यता र नेपालमा उत्पादित जडिबुटीहरु निकासीमा विदेशी सहुलियतका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































