४ श्रावण २०८३, सोमबार

 

‘विस्थापित चोखाललाई रोटरीले दियो १० हजार’

पहिरोले विस्थापित एकल महिला मनकुमारी चोखालको पुनस्र्थापनाका लागि रोटरी क्लव अफ बागलुङले १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

असार १४ गते परेको बर्षाले घरमा क्षेती पु¥याएपछि चोखाल छिमेकीकोमा आश्रय लिएर वस्दै आएकी छन् ।

गलकोट नगरपालिका–७ मल्म आँगाखेतकी चोखालका श्रीमानको ९ बर्षअघि नै मृत्युभएको थियो । उनका सन्तती पनि कोहि छैनन् ।

६३ बर्षको बुढ्यौलीमा उनी साहरा विहिन छन् । उनलाई प्रकृतीले झन् ठुलो विपत् निम्त्याईदिएको छ ।

उनी २०५६ सालमा सुकुम्वासी आयोगबाट प्राप्त जग्गामा अस्थायी टहरो बनाएर वस्दी अएकी थिईन् ।

पहिरोसँग झरेका ढुङ्गा र हिलोले घर क्षेतीग्रस्त छ । घरभित्रका लत्ताकपडा र अन्नपात नष्ट भएको थियो ।

उनको अवस्था बारे ‘पती वियोग सहेकी चोखाललाई प्रकृतीले पनि दया गरेन’ शिर्षकमा नयाँ विश्वमा समाचार प्रकाशन भएपछि स्थानीय रुपमा बागलुङमा र जापानमा रहेका प्रवासी गलकोटेले समेत सहयोग जुटाउने अभियान सञ्चालन गरेका छन् ।

अभियान अन्तरगत बागलुङमा अहिलेपनि सहयोग जुट्दै छ

उनको सहयोगका लागि रोटरीको तर्फबाट भर्खरै नेतृत्व सम्हालेका अध्यक्ष पुर्णबहादुर केसीले सहयोग रकमको चेक सहयोग अभियानका अगुवा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई हस्तान्त्रण गरे ।

अध्यक्ष केसीको कार्यकाल सुरुवातकै अवसरमा सहयोग प्रदान गरिएको हो ।

‘आर्थिक अवस्था कमजोर रहेकी चोखालको अवस्था बारे थाहा पाएपछि हाम्रा साथीहरुबाट रकम जुटाएर सहयोग गरेका हौँ’ रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष नेत्र न्यौपाले भने, ‘विपत्मा पर्नु भएकी उहाँको पुनस्र्थापनामा हामीपनि सहभागी हुन पाएकोमा खुसी छौँ ।’

क्लवको दैविप्रकोप राहत कोषबाट सहयोग रकम प्रदान गरिएको हो ।

रोटरीमा आवद्ध सदस्यले स्वैच्छिक रुपमा कोषका लागि सहायता गरेको रकमबाट विपतमा परेका नागरिकलाई सहयोग प्रदान गर्ने गरिएको पुर्बअध्यक्ष गगनलाल शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung