३ जेष्ठ २०८१, बिहीबार

 

सिवाईसी सहकारीले एक बर्षमै ३ करोड नाफा कमायो

जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आ.व. ०७३।०७४ मा आफ्नो कारोवारबाट रु. ३ करोड ७ लाख ८५ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

स्थापनाको छोटो समयमा नै सफल सहकारी बनेको सिवाईसिले अघिल्लो बर्ष २ करोड २५ लाख नाफा कमाएको थियो । यस वर्ष मुनाफा २५ प्रतिशतले बढेको छ ।

जिल्ला भर कार्यक्षेत्र रहेको संस्थाले १ वटा केन्द्रिय कार्यालय र ६ वटा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना ५ हजार १ सय ४१ सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा सञ्चालन गरिरहेको छ । संस्थामा हाल शेयर पुँजी १५ करोड २३ लाख ५७ हजार ५ सय, संस्थागत कोष ४ करोड ५ लाख ७३ हजार, बचत ३१ करोड ५६ लाख ३० हजार ३ सय, लगानीमा रहिरहेको ऋण ४८ करोड, ७७ लाख २९ हजार ७ सय ३८ र कुल सम्पती ६१ करोड ९० लाख ५४ हजार १ सय ८७ रहेको छ ।

वित्तीय कारोवार संगसंगै सदस्यहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै आईरहेको संस्थाले आ.व. ०७२।०७३ मा आन्तरीक राजश्व कार्यालय पोखराबाट उत्कृष्ठ करदाताको रुपमा सम्मान प्राप्त गरेको थियो भने यस आ.व.मा आयकर मात्र ४६ लाख रुपैया दाखिला गरेको छ ।

प्रदेश नं ४ को उत्कृष्ठ संस्थाको रुपमा नेफ्स्कुन तथा धौलागीरी अञ्चलकै उत्कृष्ठ संस्थाको रुपमा डिभिजन सहकारी कार्यालय बागलुङबाट सम्मानीत संस्थाले आफ्नो त्रीवर्षीय व्यवसायीक रणनैतीक योजना आ.व. ०७१।०७२ देखि ०७३।०७४ सफलतापूर्वक अगाडि वढाई पुन त्रिवर्षिय व्यवसायीक रणनैतीक योजना ०७४।०७५ देखि ०७६।०७७ तयार पारी कार्यान्वयनमा ल्याएको छ ।

यो योजनाको अन्त्यसम्ममा संस्थाको कारोवार १ अर्व १५ करोड, शेयर सदस्य ११ हजार १ सय, शेयर पुँजी १७ करोड ९ लाख ५२ हजार, बचत ७८ करोड ५० लाख, लगानीमा रहिरहने ऋण ९२ करोड ७२ लाख, संस्थागत पुँजी ६ करोड ६६ लाख ४२ हजार, जिल्लाका १० वटै स्थानीय तहमा सदस्य सेवाकेन्द्र, बचतमा उल्लेख्य वृद्धि, भाखा नाघेको ऋण न्यूनीकरण, ६० जना पूर्णकालीन कर्मचारी पु¥याउने लगाएतका लक्ष्य राखेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्